Logo

प्रमुख समाचार

बिरामीको मृत्युपछि निसर्ग अस्पतालमा तनाब



धनगढीको निसर्ग अस्पतालमा शल्यक्रिया गरेका बिरामीको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर १२ का ५० बर्षीय मदनसिंह भण्डारीको आज मृत्यु भएपछि अस्पतालमा तनाव उत्पन्न भएको हो ।

सोमवार बिहान ७ बजे पित्तथैलीको शल्यक्रियाका लागि अस्पताल भर्ना भएका उनको दिउँसो २ बजे शल्यक्रिया गरिएको थियो । उनको राती ११ बजे मृत्यु भएपछि आफन्तले अस्पतालमा प्रदर्शन गरिरहेका छन् । चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै आफन्तजले विरोधमा नारावाजी गरेका थिए ।

अस्पताल प्रशासन र मृतकका आफन्तबिच अहिले छलफल भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए । घटनाबारे अस्पताल प्रशासनले आधिकारीक धारणा दिएको छैन् ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलवार ०९:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।