Logo

समाचार

१५ वर्षीया किशोरी बलात्कारको आरोपमा एक जना पक्राउ



१५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा कैलालीमा एकजना पक्राउ परेका छन् । जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ९ भगवानपुरमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा शंकरपुरका २२ वर्षीया मिलन देवललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

किशोरीलाई सुतिरहेको बेला आज बिहान करिब ३ बजे घर भित्रै प्रवेश गरी मुख थुनेर बलात्कार गरेको आरोप लागेको छ । देवललाई पक्राउ गरी थप अनुसन्धानका लागि धनगढी ल्याउदै गरेको कैलालीका प्रहरी नायब उपरिक्षक दक्ष कुमार बस्नेतले बताए ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार ०६:०२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।