Logo

प्रमुख समाचार

डडेल्धुरामा झाडापखलाको प्रकोप, ८१ जना बिरामी



डडेल्धुराको भित्री मधेसमा पर्ने परशुराम नगरपालिका–८ मा झाडापखलाको प्रकोप देखिएको छ । नगरपालिका अन्तर्गत ८ नम्बर वडाको सानखोला र धादलीफाटाबाट फैलीएको प्रकोप अर्का नजिकैको गुप्तेगाडा भन्ने गाउँमा पनि फैलिएको छ ।

तीन गाउँमा अहिले सम्म ८१ जनामा पखलाका बिरामी भेटिएकासो क्षेत्रमा ८ दिनदेखी कार्यरत सादनी स्वास्थ्य चौकी प्रमुख आन्नदकुमार यादवले बताए । एक जना गर्भवती, सात बालबालीका र अन्य ७३ जनालाई पखला लागेको डडेल्धुरा अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी भुषालले जानकारी दिए ।

८ दिनबाटस्वास्थ्यकर्मीको टोली फिल्डमै काम गरीरहेको परशुराम स्वास्थ्य शाखाका उप–संयोजक हिक्मत धामीले जानकारी दिए । साउन २९ गते झाडापखालाका विरामी देखिएका थिए । ‘हामीले गाउँमा स्वास्थ्य शिविरको आयोजना गरेका छौं, स्वास्थ्यकर्मी पनि खटाएका छौं,’ उप–संयोजक धामीले भने, ‘अहिलेसम्म ८१ जनामा झाडापाखला देखिएको छ, जसमध्ये ५ जना जोगबुडा अस्पतालमा रेफर गरिएको छ भने एक जनाको अवस्था गम्भीर छ।’

७३ जना बिरामीको सादनी स्वास्थ्य चौकी प्रमुख आन्नदकुमार यादवको नेतृत्वमा स्वास्थ्यकर्मीको टोलीले उपचार गरिरहेको जनाएको छ । डडेल्धुरा अस्पतालले बिरामीको दिशाको नमूना परीक्षण गर्दा गम्भीर खालको झाडापखालाकै जिवाणु भेटिएको अस्पतालकले जनाएको छ । स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत टंकप्रशाद चपागाईंले जिल्लाको स्वास्थ्यकर्मीको टोली तथा प्रदेशको स्वास्थ्यकर्मीको टोली पनि उक्त क्षेत्रमा पुगेको जानकारी दिए ।

पानीको नमुना परिक्षणमा दिशामा मात्र पाईने ब्याक्टेरीया इकोलाई भेटीएकाले यसैबाट फैलीएको र बिरामी आउने क्रम जारी रहेको सादनी स्वास्थ्य चौकी प्रमुख यादवले बताए। उनले भने, ‘हैजा हो भन्ने पृष्टी भएको छ, पानिबाट आएको हो । यो अहिले नियन्त्रण बाहिर नै छ । बिरामी धेरै आएका छन्,स्वास्थ्यकर्मी पाँच जना मात्र छौ ।’

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार १०:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।