चर्चित फिल्म निर्देशक किशोर रानाको निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहनुभएका रानाको बुधबार निधन भएको जनाइएको छ ।
चर्चित गायिका संगीता प्रधान रानाका श्रीमानसमेत रहेका रानाले सीमारेखा, बन्धकी, राँको, करोडपति लगायतका चर्चित फिल्मको निर्देशन गरेका थिए।
निर्देशक राना मिर्गौला रोगबाट लामो समयदेखि बिरामी अवस्थामा रहेका थिए । रानाको पार्थिव शरीर शिक्षण अस्पतालमा राखने तयारी गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।





















प्रतिक्रिया