Logo

समाचार

चट्याङ लागेर पाँच जना घाईते, एकको अवस्था गम्भीर



अछाममा चट्याङ लागेर पाँचजना घाईते भएका छन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ७ पुल्लेतोलामा गएराती परेको चट्याङ लाग्दा पाँचजना घाईते भएको र एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाईते हुनेहरुमा पुल्लेतोलाका ३७ वर्षीया देवसरा रावल, २७ वर्षीय तप बहादुर रावल, १८ वर्षीय मंगल रावल, आठ वर्षीय प्रकाश रावल र १४ वर्षीय पवन रावल रहेका छन् ।

उनीहरु मध्ये देवसरा रावलको अवस्था गम्भीर रहेको अछाम प्रहरीले जनाएको छ। यस्तै चट्याङ लागेर वडा नम्बर ९ को राँकुका दिनेश कुमार शाहका चार बाख्रा र एउटा कुकुर पनि मरेको ईलाका प्रहरी कार्यालय कालेकाँडाले जनाएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार ०५:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।