Logo

प्रमुख समाचार

अत्यधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु



अत्यधिक रक्तश्रावका कारण जिल्ला अस्पताल बाजुरामासुत्केरीको मृत्यु भएको छ । बडीमालिका नगरपालिका–७ जिल्लीकी २१ वर्षीया वसन्ती नेपालीको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।

नेपालीले बच्चा जन्माउन नसक्ने भएपछि चिकित्सकद्वय दुर्गा महर्जन र टिकाराम राईले भ्याकुम प्रयोग गर्दा सुत्केरीको पाठेघरबाट अत्यधिक रगत बगेपछि उनको मृत्यु भएको जिल्ला अस्पतालका निमित्त प्रमुख डा रोहित गिरीले बताए ।

दुई जना चिकित्सक उपचारमा खटिएको र बचाउने प्रयास गर्दा गर्दै रक्तश्राव बढी भएका कारण ज्यान गएको उनको भनाइ छ ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आईतवार ०४:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।