सशस्त्र प्रहरीले कैलालीको अत्तरियाबाट १५ बोरा संकास्पद समान बरामद गरेको छ । अत्तरियास्थित बैजनाथ सशस्त्र बल बहिनीका इनिस्पेक्ट सूर्यबहादुर खड्काको कमाण्डमा खटिएको गस्ती टोलीले महेन्द्रनगरबाट काठमाडौँका आउंदै गरेको ना ५ ख ५०९७ नम्बरको माहाकाली यातायातको बसबाट उक्त संकास्पद समान बरामद गरेको हो ।
अत्तरियामा सोमबार बिहान साढे ७ बजेतिर सशस्त्रको टोलीले चेकजाँच गर्दा उक्त सामान फेला पारेको हो । बसमा महेन्द्रनगरबाट काठमाडौंका लागि उमेश पन्तले पठाएको सामान कुर्ती, सुरुवाल, साडी गरी १५ बोरा र अन्य खुद्रा समान पनि रहेको र कुन व्यक्तिलाई जाने हो भन्ने यकिन बस चालकलाई पनि थाहा नभएको कारण बरामद गरिएको इनिस्पेक्ट खड्काले जानकारी दिए ।
१ लाख, ३९ हजार, ७४७ रुपयाँ बराबरको समान भन्सार बिल काटेर ल्याएको एनआइसी एसिया बैकिङ्ग कारोबारबाट रकम दिएको रसिद बिल पनि भेटिएको उनले बताए । बरामत गरेको समान त्रिनगर भन्सार कार्यालय धनगढीमा बुझाउने उनले जानकारी दिए ।
















प्रतिक्रिया