Logo

समाचार

पहिरोले घर भत्कीदा एकको मृत्यु दुई जना घाईते



बझाङको केदार स्यँु गाँउपालिका वडा नम्बर ८ टोटकामा आइृतवार राती पहिरोले घर भत्कीदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान र छोरी घाईते भएका छन् ।

घर माथि बाट आएको पहिरोले केदार स्यँु गाँउपालिका वडा नम्बर ८ का ४५ बर्षिया जोगि जोशिको घर भत्कीदा उनकी श्रीमती बेलु देवि जोशिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा निमीत्त कार्यलय प्रमुख ईश्वरी दत्त पाण्डेयले बताए ।

जोशिकी श्रीमतीको दुबै खुट्टा भाँचिएको र उनको उपचारका लागी कैलाली लैजांदै गर्दा बाटोमै मृत्यु भएको पाण्डेयले बताए । पहिरोमा परि उनकी ७ बर्षिया छोरी धौली जोशि र जोगी जोशी समेत सामान्य घाईते भएका छन् । उनको उपचार नजीकै प्राथमीक स्वास्थ्य चौकीमा भै रहेको छ ।

घर माथि बाट आएको पहिरोले घर पुर्ण रुपमा क्षती गरेको वडा नम्बर ८ का वडा अध्यक्ष गणेश बहादुर बोहराले बताए । घर नजीकै रहेको भलान्याको भिर बाट पहिरो खस्दा उक्त घटना घटेको उहाँले बताउनु भयो । पिडीत परिवारका लागी गाँउपालिकामा राहातको कुरा भै रहेको वडा अध्यक्ष बोहराले बताए ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार १०:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।