Logo

समाचार

अत्याधिक रक्तश्राव भएकी महिलाको हेलिकप्टर मार्फत उद्धार



अत्याधिक रक्तश्राव भएकी बझाङ केदार स्यूँ गाँउपालिका वडा नम्बर ७ की २९ बर्षीय ज्ञानादेवी धामीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । जिल्ला अस्पताल बझाङमा भर्ना भएकी सुत्केरी धामीको अत्याधिक रक्तश्राव हुन थालेपछि प्रमुख जिल्ला अधिकारी सुरेश सुनारको पहलमा हेलिकप्टर बाट उद्धार गर्दै उनलाई उपचारका लागि कोहलपुर लगिएको छ ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत सिम्रीक एयरको हेलिकप्टर मार्फत धामीको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी सुनारले बताए । जिल्ला अस्पताल बझाङमा सफल शल्यक्रियापछि उनले छोरी पाएकी थिईन् । जिल्ला अस्पतालका प्रमुख डाक्टर सन्दिप ओखेडाले शल्यक्रियापछि उनलाई चार पिन्ट रगत दिएपनि रक्तश्राव नरोकिएपछि रेफर गरिएको बताए ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलवार १२:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।