प्रदेश १ सभाको हिउँदे अधिवेसनको पहिलो बैठक औपचारिकतामा मात्रै सीमित भएको छ । प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्र पढेर आजको बैठक सकिएको हो । सभामुख प्रदिपकुमार भण्डारी प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्र पढेर सुनाएका थिए । सभामुख भण्डारीले अनिश्चितकालका लागि बैठक स्थगित भएको सभामा जानकारी गराए ।
आजको बैठकका लागि प्रदेश प्रमुखबाट हिउँदे अधिवेशन आव्हानसम्बन्धी पत्र पढेर सुनाउने एक मात्र कार्यसूचीमा समावेश थियो । केही बेरअघिको कार्यव्यवस्था परामर्श समितिको बैठकमा ६ महिनाभित्र संसदको बैठक बस्नुपर्ने संवैधानिक व्यवस्थालाई जोगाउन प्रदेश प्रमुखको पत्रमात्र पढेर सुनाउने सहमति भएको थियो ।
बैठकमा मुख्यमन्त्री शेरधन राई भने उपस्थित थिएनन् ।




















प्रतिक्रिया