Logo

कोशी प्रदेश

तीन मिनेट मै सकियो प्रदेश १ सभाको बैठक ,औपचारिकता लागि मात्रै  बैठक 



प्रदेश १ सभाको हिउँदे अधिवेसनको पहिलो बैठक औपचारिकतामा मात्रै सीमित भएको छ । प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्र पढेर आजको बैठक सकिएको हो । सभामुख प्रदिपकुमार भण्डारी प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्र पढेर सुनाएका थिए । सभामुख  भण्डारीले अनिश्चितकालका लागि बैठक स्थगित भएको सभामा जानकारी गराए ।

आजको बैठकका लागि प्रदेश प्रमुखबाट हिउँदे अधिवेशन आव्हानसम्बन्धी पत्र पढेर सुनाउने एक मात्र कार्यसूचीमा समावेश थियो । केही बेरअघिको कार्यव्यवस्था परामर्श समितिको बैठकमा ६ महिनाभित्र संसदको बैठक बस्नुपर्ने संवैधानिक व्यवस्थालाई जोगाउन प्रदेश प्रमुखको पत्रमात्र पढेर सुनाउने सहमति भएको थियो ।

बैठकमा मुख्यमन्त्री शेरधन राई भने उपस्थित थिएनन् ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार १४:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।