Logo

विविध

नवरात्रभर यी रंगका वस्त्र धारण गरे हुनेछ फलिफाप



दशैंको नवरात्रिको अवसरमा दुर्गा भगवतीका यी नौ वटा रुप उच्चारण गरी हरेक दिन एक रुपको विधिवत् विशेष पुजा उपासना गरिन्छ ।दुर्गाका हरेक रुपको पूजा उपासनाका क्रममा देवीलाई प्रसन्न पारे मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ ।

नवरात्रिको अवधिभर दुर्गाका नौ रुपको उपासना गर्दा हरेक तिथिमा भगवती प्रसन्न हुने रंगको वस्त्र धारण गरी उपासना गरे देवीबाट शुभ आर्शिबाद मिल्ने विश्वास गरिन्छ ।यस पटकको शरदीय नवरात्रिमा दुर्गाको कुन रुपको कुन रंगको बस्त्र पहिरिएर उपासना गर्नाले भगवति प्रसन्न हुन्छिन् ।

पहिलो दिन पहेलो रंगस्नवरात्रिको पहिलो दिन पर्वतराज हिमालयकी पुत्री माता शैलपुत्रीको पूजा गरिन्छ । यस दिन पहेलो रंगको वस्त्र धारण गरी पूजा गरेमा देवीको विशेष कृपा रहने छ ।

दोश्रो दिन हरीयो रंगस्नवरात्रिको दोश्रो दिन देवी ब्रह्मचारिणीको उपासना गरिन्छ । यस दिन देवीको उपासनाका क्रममा हरीयो रंगको वस्त्र पहिरिएमा बिशेष लाभ मिल्नेछ ।

तेश्रो दिन खैरो रंगस्नवरात्रिको तेश्रो दिन दुर्गा भगवतीको चन्द्रघण्टा रुपको उपासना गरिन्छ । यस दिन खैरो रंगको वस्त्र पहिरिएर देवीको उपासना गरे धनलाभको योग बन्नेछ ।

चौथो दिन सुन्तला रंगस्नवरात्रिको चौथो दिन माता कुष्मान्डाको उपासना गरिन्छ । यस दिन सुन्तला रंगको वस्त्र पहिरिएर देवीको उपासना गरेमा मनोबाञ्छित लाभ मिल्नेछ ।

पाँचौ दिन सेतो रंगस्नवरात्रिको पाँचौं दिन स्कन्दमाताको उपासना गरिन्छ । यस दिन सेतो रंगको वस्त्र पहिरिएर स्कन्दमाताको उपासना गरे मनोकामना पूर्ण हुनेछ ।

छेटौं दिन रातो रंगस्नवरात्रिको छैटौं दिन दुर्गा भगवतीको कात्यायनी रुपको उपासना गरिन्छ । यस दिन रातो रंगको वस्त्र पहिरिएर उपासना गर्नाले माता कात्यायनीको आर्शिवाद मिल्नेछ ।

सातौं दिन नीलो रंगस्नवरात्रिको सातौं दिन अर्थात सप्तमीमा माता कालरात्रिको उपासना गरिन्छ । यस दिन नीलो रंग धारण गरेर कालरात्रिको उपासना गरेमा माता प्रसन्न हुनेछिन् ।

आठौं दिन गुलाबी रंगस्अष्टमीको दिन महागौरीको उपासना गरिन्छ । महागौरीको उपसनाका क्रममा गुलाबी रंगको वस्त्र धारण गरेमा तत्काल शुभ फल मिल्ने योग हुन्छ ।

नवौं दिन बैजनी रंगस्नवरात्रिको नवौं दिन माता सिद्धिदात्रीको उपासना गरिन्छ । यस दिन बैजनी रंगको धारण गरी माता सिद्धिदात्रीको उपासना गरे पारिवारिक सुखमा वृद्धि हुनेछ ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलवार १६:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।