शुभेच्छा थापाद्वारा निर्देशित नारीप्रधान चलचित्र ‘लक्ष्मी रानी’ कात्तिक १ बाट देशभर एकैसाथ प्रर्दशन हुन लागेको छ ।
शुभेच्छा सिने फ्रेमको प्रस्तुति ‘लक्ष्मी रानी’ चलचित्र देशका दुर्गमदेखि सुगम क्षेत्रमा छायाँकन गरिएको फिल्म हो । विशुद्ध नेपाली नारीको अवस्था र सामाजिक परिवेशमा आधारित यस चलचित्रका परिकल्पनाकार पत्रकार विनोद त्रिपाठी हुन् ।
‘लक्ष्मी रानी’ मा शुभेच्छा थापा, धिरेन शाक्य, जयकिशन बस्नेत र भोजपुरी सुपरस्टार परदेशी साहको मुख्य भूमिका रहेको छ । अन्य कलाकारमा श्याम राई, शारदा गिरी, रश्मी भट्ट, खगेन्द्र नेपाल, कृष्ण सिवाकोटी, राजु गिरी लगायत छन् ।
सम्पादनमा ललितसिंह साउद, नृत्यमा विवेक थापा, साइमन राजवंशी र खगेन्द्र नेपालको मुख्य जिम्मेवारी रहेको छ । चलचित्र बितरण प्रदर्शनका लागि आरआर फिल्स् प्रा.लि.ले जिम्मा लिएको छ । सुटिङ दार्चुला, नेपालगञ्ज, चितवनको सौराहा, भैरहवा, काभ्रेको पनौती र काठमाडौंमा गरिएको छ ।





















प्रतिक्रिया