‘एक्लो यात्रा’ गीतको म्यूजिक भिडियोमा युवा सद्दाम हुसेनसँग कलाकार वर्षा सुनुवारले भरपूर मात्रामा भल्गर सीन दिएकी छन् ।
एल्बम चर्चित पप गायक नबिन के भट्टराईको स्वरमा सजिएको छ । भिडियो अभिनयका क्रममा हुसेन र वर्षाले बेड सीन समेत दिएका छन् । भिडियो बिहिबार सार्वजनिक भएको हो ।
पार्वती सुबेदीको शब्द रहेको म्यूजिक भिडियोको निर्देशक आर्यान बिक्रम नेपालले गरेका छन् भने संगीत सिखर सन्तोसले भरेका छन् । गीत र भिडियोले लोकप्रियता हासिल गर्ने आयोजकको विश्वास छ ।





















प्रतिक्रिया