Logo

प्रमुख समाचार

अश्लिल गीतका र्याप गायक भिटेन भनिने समिर तामाङ पक्राउ



‘हामी यस्तै त हो नि ब्रो’ बोलको गीतका र्याप गायक समिर तामाङ पक्राउ परेका छन् ।

उनलाई महानगरीय प्रहरीले उपत्यकाबाट बिहिबार बिहान पक्राउ गरेको जनाएको छ । उक्त बोलको गीतमा मादक पदार्थ र सुर्तीजन्य वस्तु सेवन गर्न उक्साउनेदेखि अश्लिल शब्दमा स्वर दिएर सामाजिक विकृति र सँस्कृतिलाई दुषित तुल्याउने काम गरेको विषयमा सोधपुछ गर्न पक्राउ गरिएको सुरक्षास्रोतले बतायो ।

तामाङ आफूलाई भिटेनको नामबाट चिनाउँछन् । गीतमा अश्लिल शब्द धेरैपटक दोहोरिएको गीतमा पाइन्छ । खराब संस्कारको विकास गर्ने किसिमका शब्दावलीहरु समावेश गरिएको छ । साथै गीतमा प्रहरी चौकीभित्रै लागू औषध निस्फिक्री खाने बोलका शब्दहरु समावेश पाइन्छन् ।

सन् २०१९ को जून महिनाको ७ तारिखमा यूट्यूबमा राखिएको यो गीतमा एक करोड ९० लाख जनाले हेरिसकेको रेकर्ड पाइन्छ । यो गीतलाई प्रतिबन्ध लगाउनुपर्ने आवाज उठिरहेको बेला उक्त गीतका गायक तामाङ पक्राउ परेका हुन् ।

यसै हप्ता ‘ह्यापी तिहार, चिसो बियर’ बोलको गीतमा प्रतिबन्धित लागू औषध गाँजा खान उक्साउने र अराजकतालाई प्रोत्साहन दिने किसिमका शब्दावली समावेश गीतका गायक दुर्गेश थापालाई पक्राउ गरी सार्वजनिक माफी मगाई यूट्यूबबाट गीत हटाइसकेका छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार ०६:१७   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।