गायिका बुनु श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ । बुनुको आवाजमा ‘साथ हुँदैन’ बोलको मार्मिक गीत समावेश छ ।
युट्युबमा सार्वजनिक भएको गीतले ‘पैसा नै सबै थोक होइन भन्ने भाव बोकेको छ । पैसा नै सबथोक होइन र पैसाले सबथोक किन्न सकिदैन भन्ने कथा गीतको भावबाट थाहा पाउन सकिन्छ ।
गीतको भिडियोमा बर्षा राउत, गजित बिष्ट लगायत कलाकार छन् । गम्भिर बिष्टले निर्देशन गरेको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् । सुबोल थापा सह(निर्देशक रहेको भिडियोमा नबिन निरौलाको सम्पादन रहेको छ ।
नरेश कुमार प्रधानको शब्द र सजल न्यौपानेको संगीत रहेको छ । गीतमा संगीत संयोजन भने बिएन निराकारले गरेका छन् ।





















प्रतिक्रिया