Logo

प्रमुख समाचार

फरार नायिका शिल्पा पोखरेल अदालतमा उपस्थित भइन्



करिब चार महिनादेखि फरार रहेकी नायिका शिल्पा पोखरेल शुक्रबार काठमाडौं जल्ला अदालतमा उपस्थित भएकी छन् ।

चलिचत्र निर्माता छविराज ओझासँग विवाह गरेकी उनी बहुविवाहको कसुरमा मुद्दा लागेपछि गत साउन ८ देखि फरार थिइन् । ओझाकी जेठी श्रीमती हेमा ओझाले छबि र शिल्पाविरुद्ध प्रहरीमा दिएको उजुरीपछि काठमाडौं जिल्ला अदालतले गएको साउन ८ गते नै दुवैजनालाई पक्राउ गर्न आदेश दिएको थियो ।

आफ्ना श्रीमfन अाेझासँग औपचारिक रुपमै विवाह गरेको पत्ता लागेपछि हेमाले दुवै जनाविरुद्ध बहुविवाहको कसुरमा कारवाही गर्न माग गर्दै उजुरी प्रहरीमा दिएकी थिइन् ।

तर उनीहरु फरार भए र वारिसमार्फत आफूहरुलाई पक्राउ नगर्न उत्प्रेषण परमादेश माग गर्दै उच्च अदालत पाटन पुगेका थिए । उच्च अदालतले उनकाे निवेदन खारेज गरिदियो र त्यसपछि सोही व्यहाेरासहित उत्प्रेषण परमादेशकाे माग गर्दै सर्वोच्च पुगेकी थिइन् ।

सर्वोच्चले यही बुधबार काठमाडौं जिल्ला अदालतको साउन ८ कै आदेशलाई सदर गरेपछि उनकाे निवेदन दिने बाटो पूर्णरुपमा बन्द हुन पुगेको थियो । बाटो बन्द भएसँगै शिल्पा शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दाका प्रतिवादी उनी हाजिरी भएकी हुन् । फरार सूचीमा राखेर प्रहरीले व्यापक खाेजी गरिरहेकाे बेला उनी सुटुक्क अदालत पुगेकी हुन् ।

बहुविवाहको अभियोगपत्रसहित प्रहरीले यसअघि नै सरकारी वकिल कार्यालयमार्फत काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिरहेको थियो । सोही मुद्दामा भएकाे आजको बहसमा मुद्दामा प्रतिवादी शिल्पा उपस्थित भएकी हुन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार १२:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।