देशको माटो रक्षाको सन्देश बोकेको गीत ‘गोर्खालीको शान’ को भिडियो सार्वजनिक भएको छ ।
गोखार्लीले गरेको योग्दान र पुर्खाले गरेको बलिदानबाट बनेको विशाल नेपालको गरिमाको स्मरण र देशप्रतिको गौरव भावलाई समेटिएको छ ।
गायक कृष्ण केसी र गायिका सोनु घिसिङको आवाजमा रहेको गीत गीत देशभक्तिभावले भरिएको छ । गीतको यतिखेर चर्चाको शिखरमा रहेको छ ।
सुवास जिसीको शब्द तथा कृष्ण केसीको संगीतमा तयार पारिएको यस गीतले देशका मुख्य क्षेत्रहरुलमाथि भारतीय विस्तारवादले गिद्धे दृष्टि लगाएको र सीमानामा क्षति पुगेकाे भन्दै प्रतिरोधको सन्देश दिएको छ ।
गीतको भिडियोमा सुवास जिसीको छायाँकन, पवित्रा जिसीको सम्पादन तथा सुवास जिसीको निर्देशन रहेको छ । छायाँकन सान्दर्भिक रहेको टिप्पणी जारी छ ।
भिडियो हालै भारत सरकारले आफ्नो नक्सामा नेपाली भूलि लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्र समेटेपछि काठमाडौं लगायत क्षेत्रमा विद्यार्थी, नागरिक समाज तथा दलहरुले गरेको विरोध प्रदर्शनको तस्बीर समेटिएको छ ।





















प्रतिक्रिया