Logo

विविध

बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ



रामेछाप मन्थली नगरपालिका वडा नम्बर १० वडाध्यक्ष भरतबहादुर बोहरा बलात्कारको अभियोगमा पक्राउ परेका छन् । बोहरालाई जिल्ला प्रहरी कार्यालय रामेछापको टोलीले शनिबार पक्राउ गरेको हो ।

बोहरा मन्थलीको चनखुबाट पक्राउ परेको प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज ढुंगानाले जानकारी दिएका छन् । बोहरालाई शनिबार पक्राउ गरी रामेछापबाट भक्तपुर ल्याइएको छ । ठिमी प्रहरी वृत्तका डीएसपी ऋषिराम कँडेलका अनुसार वडाध्यक्ष बोहराले माघ दुई गते राति महिलामाथि बलात्कार गरेको जाहेरी आएको जानकारी दिए ।

वडाध्यक्ष बोहराले ३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोप छ । बलात्कार भएको भनिएकी महिला मध्यपुर ठिमी नगरपालिका– ३ मा डेरा गरी बस्दै आएकी छिन् । वडाध्यक्ष बोहरामाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

ती महिलाले सोमबार महानगरीय प्रहरी वृत्त, ठिमी, भक्तपुरमा उजुरी दिएपछि प्रहरीले वडाध्यक्ष बोहरालाई पक्राउ गरिएको हो । जिल्ला अदालत भक्तपुरबाट वडाध्यक्ष बोहराविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।

बोहोरा नेपाल कम्युनिस्ट पार्टी नेकपाका तर्फबाट निर्वाचित  भएका थिए । 

प्रकाशित मिति : ११ माघ २०७७, आईतवार १४:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।