प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईले वैवाहिक जीवन सुरु गरेका छन् । ४९ वर्षीय राईले २० बर्षीय ज्याङ्मु शेर्पासँग काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सन पार्टी प्यालेसमा बिहे गरेका हुन् ।
कोरोनाका कारण काठमाडौंको बिहेमा सीमित व्यक्ति मात्रै उपस्थिति रहेको स्रोतले बताएको छ ।
विवाहमा बेहुला र बेहुली किराँती समुदायको मौलिक तथा परम्परागत भेषभुषामा सजिएका छन् । परम्परागत विधिबाट विवाह सम्पन्न भएको छ ।
ज्याङ्मु शेर्पा सन् २०१८ की ‘मिस मंगोल नेपाल’की विजेता हुन् ।




















प्रतिक्रिया