Logo

विविध

मुख्यमन्त्री राईले सुरु गरे वैवाहिक जीवन



प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईले वैवाहिक जीवन सुरु गरेका छन् । ४९ वर्षीय राईले २० बर्षीय ज्याङ्मु शेर्पासँग काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सन पार्टी प्यालेसमा बिहे गरेका हुन् । 

कोरोनाका कारण काठमाडौंको बिहेमा सीमित व्यक्ति मात्रै उपस्थिति रहेको स्रोतले बताएको छ । 

विवाहमा बेहुला र बेहुली किराँती समुदायको मौलिक तथा परम्परागत भेषभुषामा सजिएका छन् । परम्परागत विधिबाट विवाह सम्पन्न भएको छ ।

ज्याङ्मु शेर्पा सन् २०१८ की ‘मिस मंगोल नेपाल’की विजेता हुन् । 

प्रकाशित मिति : ११ माघ २०७७, आईतवार १४:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।