नेपालको मूख्य पर्यटकीय गन्तब्य साथै सगरमाथाको प्रवेशद्वार मानिने लुक्ला विमानस्थल प्रवेश गर्न अब कोरोना भाइरसको परीक्षण गरेको रिर्पोट नचाहिने भएको छ ।
यसअघि कोरोना महामारीबाट बच्न भन्दै सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले गाउँपालिका भित्र प्रवेशका लागि पिसिआर नेगेटिभ रिर्पोट अनिवार्य चाहिने नियम बनाएको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईका अनुसार १० माघबाट लागू हुने गरी यो प्रावधान हटाउने निर्णय भएको छ । गाउँपालिकाले सबै हवाई कम्पनीलाई पत्र काटि यस्तो जानकारी समेत गराएको छ ।
कोभिड १९ को संक्रमण दर घट्दै गएको, नेपाल सरकारले लकडाउनलाई पूर्णतया हटाएको साथै कोरोनाको खोप समेत लगाउनु शुरु गरेको सन्दर्भमा गाउँपालिकाले समेत अब निषेध हटाउने निर्णय गरेको उक्त पत्रमा बताएको छ । गाउँपालिकाको यो निर्णयसँगै सगरमाथा बेश क्याम्पको यात्रामा जाने आन्तरिक तथा बाहृय पर्यटकलाई सहज पुग्ने भएको छ ।
अहिले लुक्लामा काठमाडौं र रामेछापको मन्थलीबाट उडान भइरहेको छ ।




















प्रतिक्रिया