कमलपोखरी पुनर्निर्माणमा देखिएको विवादमा सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकालाई सात दिनभित्र संक्षिप्त प्रतिवेदनसहित अदालत उपस्थित हुन आदेश गरेको छ ।
सोमबार न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलाशले वरिष्ठ अधिबत्ता प्रकाशमणि शर्माले माघ ७ गते दायर गरेको रिटमा यस्तो आदेश गरेको हो। अदातलबाट जारी आदेशमा उक्त पोखरीको ऐतहासिक पृष्ठभूमि, उद्देश्य, भौतिक बनावट, क्षेत्रफल, पुरातात्विक महत्व र तत्कालीन अवस्थामा संरक्षणार्थ पुनर्निर्माण गर्दा अपनाउनु पर्ने तरिका र त्यसको मौलिक स्वरुप यथावत राख्ने प्रयोजनको लागि निवेदक स्थानीयवासी, उक्त वडाका वडा अध्यक्ष, आवश्यक ठानिएका संरक्षणविदहरुहरुको संक्षिप्त प्रतिवेदन पेश गर्न भनेको छ।
साथै, सर्वोच्चले पोखरी पुनर्निमाणका लागि बनाइएको वातवरण मूल्यांकन प्रतिवेदन र पोखरीको निर्माण योजना सम्बन्धी इन्जियिनरिङका आवश्यक कागजातहरु समेत लिएर अदालत उपस्थित हुन भनेको छ।




















प्रतिक्रिया