Logo

विविध

हेभि सवारी चालक उन्नत तालिम समापन 



राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा  संचालित २२औं समूहको हेभि सवारी चालक उन्नत तालिम समापन भएको छ ।

उक्त अवसरमा सोही महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक ई. नरोत्तमलाल प्रधानले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्दै प्रशिक्षार्थीले तालिमबाट सिकेका ज्ञान, सिपलाई प्रभावकारी तवरले  कार्यान्वयन गर्नुपर्ने बताए । साथै कोरोनाको महामारीमा समेत चालकले आफ्नो दायित्व पूरा गरेको चर्चा गर्दै सवारी साधनमा भएका प्रविधिमा समयानुकूल अपडेट हुनुपर्नेमा जोड दिए । 

जम्मा १६ दिन कार्यावधिको उक्त तालिममा प्रहरी हवल्दार १२ जना र प्रहरी जवान १८ जना गरी कुल ३० जना प्रशिक्षार्थीहरु सहभागिता रहेको थियो  ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार १३:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।