Logo

विविध

चोरीका सामान सहित एक व्यक्ति पक्राउ 



कास्की, चोरी गरेको विभिन्न समान सहित पोखरा महानगरपालिका-२६ बिजयपुर बस्ने पर्वत कुश्मा नगरपालिका-११ घर भएका २६ वर्षीय किशोर शर्मालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।   

कास्की पोखरा महानगरपालिका-५ धारापानी मार्ग डेरा गरी बस्ने गिता भुजेलको कोठाबाट माघ ६ गते दिउँसो औठी, सिक्री, मंगलशुत्र लगाएत बिभिन्न गहना चोरी भएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यलय बैदामबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न शर्मालाई पक्राउ गरेको हो । 

शर्माको साथबाट सुनको ३ थान तिलहरी, २ थान मंगलशुत्र, औंठी, सिक्री, मुन्द्रा, ग.१३ प ३७४७ नम्बरको स्कुटर,  फलामको रड, कम्पास जस्तो देखिने फलामको टुक्रा र २ थान मोबाइल समेत प्रहरीले बरामद गरेको  । 

उनी उपर चोरी तथा डाँका सम्बन्धि कसूर (नकबाजी चोरी) मुद्धामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार १३:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।