Logo

विविध

लुटपाट गरेको अभियोगमा एक पक्राउ



काठमाडौं, नागार्जुन नगरपालिका-८  भिमढुङ्गा बस्ने २५ वर्षीय साजन तामाङको बा.६० प ७९१० नम्बरको स्कुटर र करिब ४८ हजार रुपैयाँ बराबरको सुनको औंठी लुटपाट गरेको अभियोगमा काभ्रे मिर्चे गाउँपालिका-७ खानिखोला घर भई ललितपुर सातदोबाटो बस्ने २३ वर्षीय सूर्य बलोनलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

काम गरी घर फर्किने क्रममा नागार्जुन नगरपालिका-६ डाँडापौवास्थित सडकमा बा.२ ज २०५० नम्बरको ट्‍याक्सीमा सवार अपरिचित ३/४ जना ब्यक्तिहरुले साजनको स्कुटर र औंठी लुटी लगेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले ट्याक्सीका चालक सूर्य बलोनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार १३:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।