Logo

प्रमुख समाचार

गायक शिवाकोटीको ‘हे माया’ सार्वजनिक



गायक तुलसी शिवाकोटीको नयाँ गीत ‘हे माया’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । शब्द तथा संगीत सुनिल गिरि रहेको गीतको म्युजिक भिडियोलाई छायांकन तथा निर्देशन संजित के. घिसिङले गरेका छन् ।

सागर मगरले कोरियोग्राफी गरेको भिडियोमा सागर, अभिलाषा तथा द युनिभर्स क्रिउको अभिनय तथा नृत्य रहेको छ । डिन्सन शाहको सम्पादन रहेको भिडियोलाई उल्सन श्रेष्ठले निर्माण गरेका हुन् ।

प्रबासमा बसेर पनि लामो समयदेखि गीत संगीतमा निरन्तर लागिरहेका लागिरहेका छन्तु लसी शिवाकोटी । प्राय युरोपको हरेक देशमा आफ्नो प्रस्तुति दिसकेका उनले यूरोप मात्र नभएर यूरोप बाहिर रहेको बिभिन्न देशहरुमा आफ्नो प्रस्तुति दिसकेका छन । प्रवासको बसाईँ आफ्नो काम परिवार र संगीत एकै साथ अगाडी बढाउनु धेरै चुनौती को कुरा हो । तर पनि प्रबासमा बसेर आफ्नो कला संस्कृतिको जगेर्ना र गीत–संगीत छेत्रमा उनको योगदान दिरहेका छन् ।

दुइ दर्जनभन्दा बढी गीतमा आफ्नो स्वर दिसकेका गायकले ‘तिम्रो मेरो प्रेम कहानी’ ‘म त मान्छे सिधा साधा’ प्यारी छोरी न बचाउन सकेु जस्ता गित लोकप्रिय छन् । पार्श्व गायनमा समेत आफ्नो स्वर दिसकेका गायकले प्राय देश तथा बिदेशमा गरिने कार्यक्रममा प्रस्तुति निकै दमदार रहने गरेको छ ।

हेर्नुस् भिडियो

प्रकाशित मिति : १५ मंसिर २०७६, आईतवार ०९:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।