Logo

प्रमुख समाचार

एउटै दरमा ‘छ माया छपक्कै’लाई हेर्न सकिने



चलचित्र ‘छ माया छपक्कै’ अब डिश होमको सिनेमा घर च्यानल नंं. १०८ मा प्रदर्शनमा आएको छ । दिपकराज गिरी, केदारप्रसाद घिमिरे (माग्ने बुढा), जितु नेपाल (मुन्द्रे), नायिका केकी अधिकारी लगायत चर्चित कलाकारहरुको अभिनय रहेको छ । चलचित्र मंसिर १३ गते देखि प्रदर्शन भइरहेको छ । चलचित्रलाई दर्शकहरुले ४२५ मै सपरिवारको साथमा हेर्न सक्नेछन ।

डिश होमले हलसम्म गएर सिनेमा हेर्न नभ्याउने र हलहरुको सहज पहुँच नभएको दर्शकहरुका लागि न्यूनतम शूल्कमा स–परिवार घरैमा बसी चलचित्र हेर्न मिल्ने पे पर भ्यू सुविधा उपलब्ध गराइरहेको छ । पे पर भ्यु सुविधा अन्तर्गत संचालन भइरहेको सिनेमा घर च्यानल नम्बर १०८ मा नयाँ नेपाली सिनेमा हलमा लागेसँगै वा हलमा लागेको केहि समय पछि न्युनतम शुल्कमा हेर्न सकिन्छ ।

हरेक दिन आठ शो प्रदर्शन हुने सिनेमा घर एसएमएस पठाएर, डिशहोमको ग्राहक सेवा केन्द्रमा फोन गरेर र नजिकै डिशहोम बिक्रेतासँग सम्पर्क गरेर सजिलै खुलाउन सकिन्छ । आमा सरस्वती मुभिज प्रा.लि. र रोहित अधिकारीको ब्यानरमा निर्माण भएको वर्षकै सफल चलचित्र ‘छ माया छपक्कै’ कार्तिक २४ गते सिनेमा हलहरुमा प्रदर्शन भएको थियो ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलवार ०६:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।