‘रेडियोधर्मी पदार्थको नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि दफावार छलफल शुरु भएको छ ।
शुरुमा पेश भएको मूल विधेयकमा तीन पटकसम्म परिमार्जन गरिएको उक्त विधेयकमाथि बुधबारको प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति बैठकमा दफावार छलफल शुरु भएको हो ।
बैठकले विधेयकको प्रस्तावनादेखि दफा ५ सम्मका विषयमा सामान्य फेरबदलसहित पारितका लागि सहमति जनाएको छ । विधेयकले ‘रेडियोधर्मी स्रोत’ भन्नाले रेडियोधर्मी पदार्थ र आयनिकरण गर्ने विकीरण उत्सर्जन गर्ने वा फैलाउन सक्ने उपकरणलाई परिभाषित गरेको छ ।
१८ मंसिर २०७६, बुधबार १२:०९



















प्रतिक्रिया