काठमाडौं महानगरपालिका-३१ मध्यबानेश्वर संगमचोक बस्ने राजुलाल श्रेष्ठको घरमा बिद्युतको तार सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा नगद, लत्ताकपडा, सुनचाँदी तथा विभिन्न सरसामान जलेर करिब २ लाख २९ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
रुपन्देही, बुटवल उपमहानगरपालिका-११ स्थित एभरेष्ट चप्पल फ्याक्ट्रीमा सोमबार दिउँसो आगलागी हुँदा फ्याक्ट्रीमा भएको मेसिन र चप्पल बनाउने कच्चा पदार्थ जलेर करिब ८० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
पाल्पा, रामपुर नगरपालिका-५ बसपार्क डेरा गरी बस्ने तनहुँ, तनहुँ नगरपालिका-६ भिमाद बस्ने जीबन श्रेष्ठको कोठामा सोमबार दिउँसो आगलागी हुँदा कोठामा भएको नेपाल हर्बलको बिभिन्न सामानहरु जलेर करिब २ लाख १७ हजार ४ सय ९५ रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सिन्धुली, कमलामाई नगरपालिका-९ बथानचौरीस्थित बसपार्कमा पार्किङ गरी राखेको बा.२ ख ८१८४ नम्बरको बसमा सोमबार साँझ अचानक आगलागी हुँदा बस पूर्णरुपमा जलेर क्षति भएको छ ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रंगशाला चोकस्थित गौरिटार चिसापानी सडकमा तयारी अलकत्रा लोड भएको सपना एण्ड मेरिना कन्ट्रक्सनको ना.२ ख ४२२२ नम्बरको ट्याङकरमा सोमबार साँझ अचानक आगलागी हुँदा ट्याङकरको पछाडीको भागमा जलेर क्षति भएको छ । आगलागीमा घाइते भएका ट्याङकरका सहचालक बारा परवानीपुर बस्ने ४० वर्षीय अनुहर अंसारीको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।
धादिङ, बेनिघाट रोराङ गाउँपालिका-१० जबाङखोला नजिक काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेको ना.६ ख ५७३ नम्बरको खाली ट्रकको वाईरिङ सर्ट भई सोमबार राति अचानक आगलागी हुँदा ट्रकको अगाडिको भाग पूर्णरुपमा जलेर क्षति भएको छ ।
स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।




















प्रतिक्रिया