प्रदेश १ का ८ जिल्लामा कोभिड -१९ विरुद्धको खोप लगाउन सुरु गरिएको छ । कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दास र डा. दिपक सिग्देलले खोप लगाएसँगै अभियानको सुरूवात भएको हो ।
कोशी कोभिड उपचार केन्द्रमा एक कार्यक्रमकाबीच खोप अभियान सुरू भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । बुधवार ८ जिल्लाका १९ खोप केन्द्र मार्फत २८ हजार ६०५ जनाले आजै खोप लगाउने सामाजिक विकास मन्त्रालयका निमित स्वास्थ्य निर्देशक ज्ञानबहादुर बस्नेतले बताए ।
पहिलो चरणमा प्रदेश १ मा ३५ हजार ५७६ जनालाई लगाउने तयारी छ । खोपको लागि प्रदेश १ का १४ जिल्लामा २५ खापकेन्द्र तोकिएको छ ।
डा. दिपक सिग्देलले खोप सबेलाई लगाउन आग्रह गरेका छन् । खोप प्रभावकारी रहेकोले कुनै दुविधामा नपर्न पनि उनको आग्रह गरे । मोरङमा कोशी, मंगलवारे, रंगेली अस्पताल र नोबेल र विराट मेडिकल कलेजलाई खोप केन्द्र तोकिएको छ ।
प्रतिक्रिया