Logo

मनोरञ्जन

नेपाली आइडल लिम्बुको ‘बोलाउ तिमी’सार्वजनिक (भिडियो )



गायक बादल लिम्बुको नयाँ गीत ‘बोलाउ तिमी’को भिडियो सार्वजनिक भएको छ । लोकप्रिय गायिका अन्जु पन्त र बादल लिम्बुको युगल गायन रहेको गीतमा बादल लिम्बुको संगीत रहेको छ । गीतका शब्द भद्रकला आङबुहाङ राईले लेखेकी हुन् ।

पार्श्व गायन बाट आफ्नो संगीत यात्रा सुरु गरेका गायक लिम्बुको चलचित्र होमवर्कमा समावेश ‘हराए म तिम्रो’ बोलको गीत चर्चित छ । यसघि एक सयभन्दा बढी गीतमा आफ्नो संगीत दिसकेका लिम्बुले गायक राजेश पायल राईको दर्शन नमस्ते ४ एल्बममा रहेको गीतमा समेत संगीत दिएका छन ।

पहिलो नेपाली आइडल समेत रहेका गायक लिम्बुको स्वरमा ५० भन्दा बढी गीत सार्वजनिक भइसकेका छन । रमाइलो तरिकाले निर्माण गरिएको भिडियोमा ककक्षु शर्मा, प्रकाश शर्मा र हाल कमेडी च्यामपिएन शो मा होस्टका रुपमा रहेकी नायिका तथा मोडेल रिमा विश्वकर्माको अभिनय रहेको छ ।

बियोण्डको निर्देशनमा बनेको भिडियोमा एकदेव लिम्बु सहायक निर्देशकका रुपमा रहेका छन । भिडियोमा बिकाश मगरको छायांकन तथा सम्पादन रहेको छ । ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको भिडियोलाई दर्शकको भरपुर प्रतिक्रिया प्राप्त भइरहेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आईतवार १२:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।