Logo

प्रमुख समाचार

ट्राफिक नियम मिच्नेलाई सुन्दरीले बाँडिन् चक्लेट (हेर्नुस् तस्बिरमा)



ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई ट्राफिक प्रहरी र मिस पूर्वाञ्चलका प्रतियोगीहरुले चक्लेट बाँडेर सचेतना कार्यक्रम चलाएका छन् ।

बिहिबार दिउँसो सडक चोकमा ट्राफिक प्रहरीसँगै ‘मिस पूर्वाञ्चल–२०१९’ का २० जना प्रतियोगी सचेतना कार्यक्रममा खटिए । सुनसरीको इटहरी चोकमा खटिएकाहरुले पैदल यात्रीहरुलाई जेब्रा क्रसिंगमा हिड्न सिकाए ।

अन्य क्षेत्रमा खटिएकी प्रतियोगीहरुले मोटर साइकल चालकलाई हेल्मेटको तुना लगाएर मात्र सवारी चलाउन आग्रह गरे भने तुना नलगाएकाहरुको तुना लगाइदिने काम गरेका थिए । प्रतियोगीहरुलाई आयोजकले विभिन्न सामाजिक कामका तालिमका क्रममा ट्राफिक सचेतना सम्बन्धि तालिम दिदै एकदिन स्वयंसेवकको रुपमा ट्राफिक प्रहरीहरुसँगै खटाइएको थियो । प्रतियोगीहरु वीरेन्द्र चोक, पश्चिम लाइन, पूर्व लाइन र बिराटनगर लाइनमा प्रशिक्षार्थीलाई खटाइएको थियो ।

प्रशिक्षार्थीहरुलाई फिल्डमा खटिनुपूर्व ट्राफिक अधिकारीहरु प्रदेश नं. १ को प्रदेश ट्राफिक कार्यालय प्रमुख प्रहरी उपरीक्षक भिमबहादुर दाहाल र प्रहरी निरीक्षक होमनाथ दाहालले ट्राफिक नियमसम्बन्धी तालिम दिएका थिए ।

बाट ट्राफिक नियमबारे तालिम दिएका थिए । नियम उल्लंघन गर्ने चालकलाई दुर्घटनाबाट बच्न र बचाउन भन्दै आग्रहसहित चक्लेट बाँडेका थिए ।

हेर्नुस् तस्बीररहरु

 

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार ०९:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।