Logo

स्वास्थ्य

निःशुल्क स्वास्थ्य शिविरमा ४ सय ७ जनाले सेवा लिए



समुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत भक्तपुरको सूर्यविनायकमा सञ्चालित एकदिने बृहत निःशुल्क स्वास्थ्य शिविरबाट ४०७ जना लाभान्वित भएका छन् ।

सूर्यविनायक नगरपालिकाको सहकार्यमा शनिबार सम्पन्न शिविरमा बालरोग, स्त्रीरोग, छालारोग, मुटुरोग, नाक, कान, घाँटी, मधुमेह, हाडजोर्नी, अर्बुद्ध लगायतका परीक्षण गरिएको थियो ।

विभिन्न अस्पतालमा कार्यरत २० विशेषज्ञ चिकित्सकले आँखा, दाँत तथा जनरल परीक्षण गरेका थिए ।

नगरपालिकाका प्रमुख वासुदेव थापाले नगरबासीको स्वास्थ्यमा पहिलो पहिलो प्राथमिकता दिएको वताए ।

शिविरमा अवसरमा निःशुल्क औषधि वितरण समेत गरिएको थियो ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आईतवार ०९:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।