Logo

अर्थ

सर्लाहीको मलंगवामा प्रभु बैंक शाखा स्थापना



प्रभु बैंक लिमिटेडले सर्लाही जिल्लामा शाखा विस्तार गरेको छ । बिहिबारदेखि बैंकले २०१ औं शाखाको रूपमा सर्लाहीको मलंगवा नगरपालिका–९ स्थित मलंगवामा शाखा सञ्चालनमा ल्याएको हो ।

औपचारीक कार्यक्रमका बिच नगरप्रमुख निरशल साहले बैंकको मलंगवा शाखा कार्यालयको उद्घाटन गरेका छन् । उद्घटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रभु बैंकले आप्mनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिंग पहुँच नपुगेको ठाउँमा आप्mनो समेत सर्वसाधारणलाई सेवा प्रदान गरेको बताए ।

अब यो शाखाबाट सर्वसाधारणको घर आगनसम्म सरल र सहज रूपमा बैंकिंग सेवा पाउने भएकाले गुणस्तरी सेवा प्रवाह गर्न उनले आग्रह समेत गरे । नागरिकको पहुँचमा वृद्धि मात्र नभई समग्र देशको आर्थिक विकासमा प्रभु बैंकले सकारात्मक सहयोग पु¥याएको उनको भनाइ थियो ।

शाखा कार्यालय उद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, सर्वसाधारणलगायतको उपस्थिति रहेको थियो । यहाँका नागरिकलाई बैंकिङ्ग क्षेत्रमा गुणस्तरीय सेवा दिने प्रभु बैंकले बताएको छ ।

प्रकाशित मिति : ३ पुष २०७६, बिहीबार ०७:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।