Logo

अर्थ

मेला महोत्सवको आयोजना महासंघले मात्र गर्न पाउनुपर्छः उपाध्यक्ष ढकाल



नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले मेला महोत्सवको आयोजना वाणिज्य महासंघले मात्रै गर्न पाउनुपर्ने बताएका छन् ।

स्थानीय स्तरको व्यावसायिक प्रवद्र्धनका लागि देशका विभिन्न क्षेत्र र जिल्लामा आयोजना हुने मेला महोत्सवको आयोजना महासंघ र यस मातहतका संघसंस्थाहरुले मात्र गर्न पाउनुपर्ने उनको भनाई छ ।

स्याङ्जामा शुक्रबार आयोजित ‘गण्डकी प्रदेशस्तरीय स्याङ्जा महोत्सव’ को उद्घाटन समारोहमा उपाध्यक्ष ढकालले स्थानीय उत्पादन, सीप र कलालाई प्रवद्र्धन गरी बजारसम्म पु¥याउने काम नेपाल उद्योग वाणिज्य महासंघ र यस मातहतका संघ संस्थाहरुले मात्रै गर्न सक्ने बताउका हुन् ।

उनले यस विषयमा संघीय सरकारसँग आफै कुरा गर्नेपनि बताए ।

स्थानीय स्तरका मेला महोत्सवहरुका आयोजकहरुलाई स्थानीय उत्पादन, सीप, कलाको प्रदर्शन गरी उनीहरुलाई नै उत्प्रेरित गर्ने र आगामी दिनमा सोही क्षेत्रमा उद्यमशिलताका ढोकाहरु खोलिदिने अवसरका रुपमा विकास गर्न पनि आग्रह गरे ।

नेपालको आर्थिक विकास तथा समृद्धिको यात्रामा निजी क्षेत्रको ठूलो योगदान रहेको भन्दै उनले देश विकासको तीन खम्बे अर्थनीतिमा निजी क्षेत्र एक दरिलो खम्बा भएकोले सहकार्य र साझेदारीबाट मात्र देशमा समृद्धि आउने बताए ।

प्रकाशित मिति : ४ पुष २०७६, शुक्रबार १२:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।