आगामी चैत्र ८ गते फेसन सो ‘आइसी डिजाइनर रनवे’ आयोजना हुँने भएको छ ।
होटल हायात रिजेन्सीमा आयोजना हुने फेसन शोका लागि मोडल छान्ने उदेश्यले ‘आइससी डिजाइनर रनवे अडिसन’ हुने छ ।

पुस १२ गते शनिबार दरबारमार्ग स्थित म्याग्नम् लाउन्जमा आयोजना हुने अडिसनका लागि आवेदन समेत खुल्ला गरिएको छ ।

जसमा ५ फिट ६ इन्च उचाही भएका १८ बर्षदेखि २६ बर्षसम्मका महिला मोडलले आवेदन भर्न सक्नेछन् ।
आवेदन फारम नेक्स्ट मोडल्सको कार्यालय कालीमाटी, आइसी डिजाइनर बागबजार र चन्डोलबाट उपलब्ध हुनेछन् ।
अडिसनबाट उत्कृष्ट २३ मोडलको छनौट गरिनेछ । अडिसनबाट छानिएका मोडलले मात्र फेसन शोमा सहभागीता जनाउन पाउने शोको मानेजमेन्टको जिम्बेवारी लिएको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले जानकारी दिए ।






















प्रतिक्रिया