नेपाल भ्रमण वर्ष २०२० नजिकिँदै गर्दा सुदूरपश्चिम प्रदेश सरकारले तयारीलाई तिव्रता दिएको छ ।
नेपाल भ्रमण वर्षको उदघाटन दिवस मनाउन गठीत समन्वय उपसमितिले संघीय प्रहरी इकाइ कार्यालय धनगढीको प्राङगणमा सांस्कृतिक प्रदर्शनसहित र्याली गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।
उद्घाटन समारोहमा धनगढीको ट्राफिक चौराहदेखि शहिदगेट तथा क्याम्पस रोड लगायतका स्थानबाट र्याली कार्यक्रम गर्ने निर्णय भएको मूल आयोजक समितिले जनाएको छ ।
नेपाल भ्रमण वर्षको तयारीका लागि उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका पर्यटन ईकाइ प्रमुख किशोर अर्यालको संयोजकत्वमा सात सदस्यीय विशेष कार्यदल गठन गरिएको छ ।
नेपाल प्रहरी, समन्वय उपसमिति, प्रचारप्रसार उपसमिति, धार्मीक तथा सांस्कृतिक उपसमिति संयोजक, कैलाली उद्योग वाणिज्य संघ, होटल व्यावसायी संघ र नाटा सुदूरपश्चिम प्रदेशका प्रतिनिधी सदस्य रहेका छन् ।
कार्यक्रममा भाषण भन्दा पनि स्थानीय सांस्कृतिक प्रदर्शनीलाई जोड दिइने उल्लेख छ ।
यस्तै, एक निकाय एक अभियान संचालन गर्न सबै सरकारी, गैह्रसरकारी, निजिक्षेत्र लगायतका सरोकारवालाहरूलाई आह्वान गर्ने, प्रदेश भित्रका सम्पुर्ण सरकारी कार्यालयहरूलाई अनिवार्य रूपमा गेटमा कलश राख्न अनुरोध गर्ने लगायतको निर्णय भएको जनाइएको छ ।





















प्रतिक्रिया