नेपाली हाँस्यव्यंग्य कलाकार मनोज गजुरेल सिंगल छन । गजुरेल अहिले नेपालकै पहिलो कमेडी शो च्याम्पियनको जजको रुपमा छन ।
दुई बर्षअघि गजुरेलको मिना गजुरेल सँग डिभोर्स गरेका थिए । उनिहरुले एकअर्का सँग सहमति मै डिभोर्स गरेका थिए ।
कमेडी च्याम्पियनको जजको रुपमा रहेका गजुरेलले भर्खरै बिबाह गरेकी जज ॠचा शर्मालाई आफ्नो विवाहा समारोहमा नबोलाएकोमा व्यङ्ग्य गर्दै दोस्रो बिबाह बारे मुख खोलेका हुन ।
गत सोमबार प्रसारित अंकमा आफुले दोस्रो बिबाह गर्ने कुराको खुलासा गरेपनी कहिले गर्ने भन्ने कुरा खुलाएका छैनन । गजुरेलले दोस्रो बिबाह कहिले गर्छन् भन्ने कौतुहलता रहेको छ ।
आन्दोलनका कारण भारतमा फिल्मको व्यापार घट्यो, दबङ.३ लाई धेरै असर परेन
बलिउड फिल्म ‘दबंग-३’ले तीन दिनम ८१.१५ करोड रुपियाँ कमाइ गरेको छ ।
सलमान खान र किच्चा सुदीप अभिनित ‘दबंग ३’ ले तीन दिनमा (भारु) ८१.१५ करोड रुपियाँ संकलन गरेको हो । पहिलो दिनमा २४.५० करोड र दोस्रो दिनमा २४.७५ करोड कमाएपछि फिल्मले तेस्रो दिन ३१.९० करोडको कारोबार गरेको छ ।
भारतमा देशभरि नागरिकता संशोधन ऐन र एनआरसीको विरोधको कारण भारतीय फिल्मले घाटा व्यहोरिरहेको छ । ट्रेड एनालिस्ट तरन आर्दशको ट्वीट अनुसार आन्दोलनका कारण एक सातामा फिल्मले १२ करोड घाटा दिएको छ ।
‘राधे’मा सलमानलाई दिशाको साथ
सुटिङको मुखैमा ‘इन्शाअल्लाह’बाट बाहिरिएका सलमान खानले नयाँ सिनेमा ‘राधे’को सुटिङ सुरू गरेका छन् । सिनेमामा सलमानले दिशा पटानीसँग जोडी बाँध्ने भएका छन् । सलमान र दिशाका अलावा सिनेमामा रणदीप हुड्डाको प्रमुख अभिनय रहनेछ ।
प्रभुदेवाको निर्देशनमा बन्ने सिनेमा आगामी वर्षको ईदमा रिलिज हुनेछ । ईदको मितिमा ‘इन्शाअल्लाह’ रिलिज नहुने भएपछि सलमानले आफ्नो प्रिय रिलिज डेटलाई खेर नफाल्न ‘राधे’ बनाउने घोषणा केही समय अगाडि गरेका थिए ।
सलमानको सुपरहिट एक्सन फ्रान्चाईच ‘दबंग ३’ २० डिसेम्बरमा रिलिज हुँदैछ ।
अनुष्का र विराट भुटानमा
बलिउड अभिनेत्री अनुष्का शर्मा आफ्ना पति तथा भारतीय क्रिकेटर विराट कोहलीसँग छिमेकी देश भुटानमा छुट्टी मनाइरहेकी छिन् । आफ्नो ट्विटरबाट उनले बिदा मनाउँदाका पलहरूलाई पोस्ट गरिरहेकी पनि छिन् ।
ट्वीटरमा उनले भुटानको एक गाँउका स्थानिय परिवारसँगको फोटो पोस्ट गर्दै उनीहरूले आफूहरू को हो भनेर नचिनेको उल्लेख गरेका छन् । अनुस्काले सो कुरासँगै पोस्टमा भुटानका ती गाउँलेहरूको दयालुपना र सरलताको प्रशंसा गर्दै आफूहरूलाई उनीहरूले नचिने पनि राम्रो सत्कार र सम्मान गरेको उल्लेख गरेकी छिन् ।
सो परिवार सम्बन्धी तीनवटा ट्विट गर्दै अनुष्काले गाउँलेहरूको सरल व्यवहारको प्रशंसा गरेकी छिन् । ‘आज हामीले ८.५ किलोमिटरको उकालो पदयात्रा गर्यौं । यस दौरान हामी एउटा सानो गाउँमा चार महिना अगाडिमात्र जन्मिएको एउटा घरपालुवा जनावरको बच्चालाई खाना खुवाउन रोकियौं । तब घरका मालिकले हामीलाई हामी थाकेका छौं कि भनेर सोध्दै एक कप चियाको लागि सोधे रु’, ट्विटमा अनुष्काले लेखेकी छिन् ।
दोश्रो ट्वीटमा अनुष्काले ‘हामी यो सुन्दर परिवारको घर गयौं, जसलाई हामी को हौं भनेर बिल्कुलै जानकार थिएनन्’, पोस्ट गरेकी छिन् ।
यस्तै तेश्रो ट्वीटमा ‘यस बाबजुद पूरा परिवार हामीसँग जोश र मायाले प्रस्तुत भयो । हामीले उनीहरूसँग बसेर चिया पियौं र केही समय बितायौं । उनीहरूलाई त हामी केवल पदयात्राबाट थाकेका यात्री थियौं । यदि यो जीन्दगीको सही अर्थ होइन भने के हो मलाई पनि थाहा छैन । यो एउटा याद हामी संगालेर राख्ने छौं’, लेखेकी छिन् ।





















प्रतिक्रिया