‘ओराली लागेको हरिणको चाल भो’ का गायक रामकृष्ण ढकालको दामपत्य जीवनमा पनि ओराली लागेको लागेको छ । गायक रामकृष्ण ढकाल दम्पतीले सम्बन्धविच्छेद गरेका छन् । पत्नी निलम साह ढकालले दिएको सम्बन्धविच्छेदको निवेदनमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश विदुर कोइरालाको इजलासमा सम्बन्ध विच्छेदको सहमति भएको हो ।
ढकाल र निलमले सम्बन्धविच्छेद गर्न मञ्जुर छौं भनी सहमति गरेका छन् । ढकाल दम्पत्तिको एउटी छोरी छन्, सम्बन्धविच्छेद पछि छोरी आमासँगै रहने समझदारी समेत भएको छ ।





















प्रतिक्रिया