हुम्लामा हिउँदको महिना शुरु भएसँगै जिल्लाका सातवटै गाउँपालिकामा रहेका स्वास्थ्यचौकीमा बिरामीको चाप बढेको छ ।
गत मङ्सिर महिनाको अन्तिम सातामा परेको भारी हिमपातले बिरामीको सङ्ख्या झन बढ्दै गएको छ ।
सिमकोट गाउँपालिका–२ साविक ठेहे गाउँमा रुघाखोकीका बिरामीको सङ्ख्या बढेको छ । करिब पाँच सय घरधुरी रहेको गाउँमा घरैपिच्छे बिरामी परेका छन् ।
रुघाखोकीले गाउँ नै थला परेपछि गाउँमै रहेको ठेहे स्वास्थ्यचौकीमा दैनिक ४५ देखि ५० जनासम्म बिरामी उपचारका लागि जाने गरेको अहेव नर भण्डारीले जानकारी दिए ।
स्वास्थ्यचौकीमा ज्वरो, टाउको दुख्ने, घाँटी पोल्ने, हातखुट्टा झमझमाउने जस्ता रोगका बिरामी आउने गरेको उनले बताए ।
अहिले स्वास्थ्यचौकीमा बिरामीको चाप बढी भएकाले जिल्ला अस्पताल सिमकोटबाट ल्याइएको औषधि विरतण गरिएको भण्डारीले जानकारी दिए ।
ठेहे स्वास्थ्यचौकीमा अहिले एक जना अहेव र कार्यालय सहयोगी मात्रै छन् । दैनिक ४५ देखि ५० जना बिरामीलाई एक जनाले स्वास्थ्य परीक्षण गर्न बाध्य छन् ।
यस्तै जिल्ला अस्पातल हुम्लामा पनि बिरामीको चाप बढ्दै गएको छ ।
रुघाखोकीका बिरामीले अस्पतालका शय्या भरिभराउ हुने गरेको जिल्ला अस्पतालका चिकित्सतक टसी लामाले जानकारी दिए ।




















प्रतिक्रिया