गायक राजिव लामाले लोक-पप भाकामा आधारित “सानीमाया” बोलको नयाँ गीतको लिरिकल भिडियो सार्वजनिक गरेका छन् ।
नयाँ बर्षको उपलक्ष्यमा नेपाली संगीतप्रेमीलाई उपहार स्वरूप गीतको लिरिकल भिडियो गायक लामाको आफ्नै यूट्यूब च्यानल मार्फतसार्वजनिक गरिएको छ ।
१३ वर्ष अगाडी देखि जापान बस्दै आएका नेपाली गायक राजिव लामाका “ देउराली थानको मन्दिरमा”, “जाऊ जाऊ साथी रेलैमा” “वन लभ”, “टोक्यो शहरमा” , “हामी नेपाली” र “कान्छी सुनन” जस्ता गीतहरु आईसकेका छन् ।
गीतमा शब्द, संगीत र स्वर स्वयम् गायक राजिव लामाको रहेको छ भने गीतको संगीत संयोजन रोमन बज्राचार्यले गरेका हुन् ।
गीतमा आफ्नै गाउँ–घर, भिर–पाखा, डाँडा–भन्ज्याङ र खोला–नालामा संगै हुर्केर माया प्रेम साटासाट गरिएको सानीमाया लाई गीत मार्फत माया दर्साएको गीतमा पाउन सकिन्छ ।





















प्रतिक्रिया