Logo

मनोरञ्जन

एक्सन सहित ‘दि कर्मा’ को ट्रेलर सार्वजनिक



नेपाली चलचित्र ‘दि कर्मा’ को ट्रेलर सार्वजनिक भएको छ । माघ १७ गतेदेखि प्रदर्शनमा आउने चलचित्रको २ मिनेट ४० सेकेण्ड लामो एक्सन सहितको ट्रेलर सार्वजनिक भएको हो ।

ट्रेलरमा करण वर्मा, परमिता आरएल राणा, नीता ढुङगाना, वुद्धी तामाङलाई देखाइएको छ । कथालाई सस्पेन्समा राखिएको ट्रेलरमा परमिता र वुद्धीलाई नेगेटिभ रोलमा देख्न सकिन्छ । नीता र करणलाई जोडिका रुपमा देख्न सकिन्छ ।

चलचित्रका निर्देशक देवकुमार श्रेष्ठ हुन भने कथा लेखन निर्माता जय राज राय को हो । जय मिडिया मेनेजमेन्ट र श्रीत फिल्मस् इन्टरटेन्मेन्ट ब्यानरमा बनेको चलचित्रमा रायसँगै श्रीदेव विएल र निशा खतिवडा निर्माता र शारदा खड्का अर्याल सहनिर्माता रहेका छन् ।

चलचित्रको पटकथा तथा संवाद सुशील पोखरेलको रहेको छ । चलचित्रमा संगीत भर्ने काम कोसिस क्षेत्री, मानस थापा र अंकितबाबु अधिकारीले गरेका छन् ।

प्रकाशित मिति : १८ पुष २०७६, शुक्रबार ०९:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।