Logo

मनोरञ्जन

गायक तथा संगीतकार पुस्कर सुनुवारको नयाँ गीत ‘मन जलेर सल्किदै’ सार्वजनिक



गायक, संगीतकार तथा संगीत संयोजक, पुस्कर सुनुवारको आवाजमा अर्को मर्मश्पर्शी गीतको भिडियो बाजारमा आएको छ ।

गायक पुस्कर सुनुवारले नेपाली गीत संगीत प्रेमिहरुमाझ ‘मन जलेर सल्किदै’ बोलको गीतको भिडियो ल्याएका छन् ।

उक्त गीतमा होम किरांतको शब्द, डीबी लामाको संगीत र गायक स्वयम्को संगीत संयोजन र आवाज रहेको छ । गीतको भिडियोलाई केशव बिस्वकर्माले खिचेका हुन् भने, मोहन सुनुवारले भिडियोलाई सम्पादन गरेका हुन् ।

गीतको भिडियोलाई गायक सुनुवारको युट्युब च्यानलमा हेर्न सकिन्छ ।

प्रकाशित मिति : १९ पुष २०७६, शनिबार ०८:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।