Logo

मनोरञ्जन

‘कमाण्डर’ को ट्रेलरमा अनुप र रबिनको टक्कर



अभिनेता अनुपबिक्रम शाही र रबिन तामाङबीच टक्कर परेको छ । उनीहरुको नयाँ फिल्म ‘कमाण्डर’ मा दमदार दुश्मनी भएको हो ।

एलआर विबेक सापकोटाको निर्देशनमा बनेको फिल्मको प्रदर्शन मितिसँगै ट्रेलर सार्वजनीक गरिएको छ ।

माघ १० गते प्रदर्शन हुने फिल्मको ट्रेलरमा अनुप प्रहरी अधिकृत र रबिन तस्करको भूमिकामा प्रस्तुत भएका छन् ।

सुपेरियर फिल्मस्को व्यानरमा  निर्देशक एलआरकै लेखन र निर्माण रहेको फिल्ममा अनुपबिक्रम र रबिनका साथमा ध्रुव कोइराला, श्रीराम पुडासैनी, प्रेम शर्मा,साधना सिलवाल, दिनेश केसी, कालु राना, तेजा ऐर तथा नवनायिका सगुन थापा मुख्य भूमिकामा छन् ।

फिल्मको सहनिर्मातामा सावन जंग राना छन् ।

‘कमाण्डर’ भ्रष्टाचार, तस्करी, लागूऔषध कारोबार, चेलीबेटी बेचबिखन लगायतका समसामयिक बिषयमा केन्द्रित रहेको निर्देशक एलआर बताउछन् ।

दिब्य सुवेदीले खिचेको फिल्ममा श्रेष्ठको द्धन्द्ध निर्देशन, पवित्रा आचार्यले कोरियोग्राफी तथा मनोज चौलागाईंको शब्द र संगीत छ ।

प्रकाशित मिति : १९ पुष २०७६, शनिबार ०८:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।