विगत केही वर्ष यता नायिकाहरुले यौनशोषण सम्बन्धि धेरै खुलासा गरेका छन् ।
यही सूचीमा पर्दै हलिउड नायीका केमिला मेन्डेसले कलेज जीवनमा ड्रग्स दिएर आफ्नो यौनशोषण गरिएको खुलासा गरेकी छन् ।
अमेरिकी टिन ड्रामा ‘रिवरडेल’ फेमकी अभिनेत्री मेन्डेसले पुराना दिन सम्झिँदै भनेकी छन, ‘जब म न्युयोर्क युनिभर्सिटीमा अध्ययनरत थिएँ, त्यस बेला यौनशोषणको सिकार भएकी थिएँ ।’ उनी त्यस बेला सो युनिभर्सिटीको टिस्क स्कुल अफ आर्टमा भर्ना भएकी थिइन् ।
एक म्यागजिनसँगको कुराकानीमा २५ वर्षीया मेन्डेसले खुलासा गरेकी छन, ‘कलेजमा पहिलो वर्ष निकै कठिन थियो । मैले धेरै नराम्रो अनुभव गरें । एक व्यक्तिले मलाई ड्रग्स दिएर मेरो शारीरिक शोषण गरे ।’ उनले आफूले भोगेको सो घटना भुल्न चाहेर पनि नसकेको बताएकी छन् ।
उनले ‘द न्यु रोमान्टिक’ तथा ‘द परफेक्ट डेट’जस्ता हलिउड फिल्ममा अभिनय गरेकी छन् । एजेन्सी





















प्रतिक्रिया