लगुऔषध ब्राउन सुगरसहित पाँच जनालाई धनगढी प्रहरीले पक्राउ गरेको छ । लागुऔषध कारोबारमा संलग्नको आरोपमा एक महिलासहित पाँच जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा धनगढी उप–महानगरपालिका–१ का २२ वर्षीय समीर घिमिरे, २६ वर्षीय सौगात बोन सिजापती, २३ वर्षीय रोहित नेपाली, ३० वर्षीय रोशन सिंह र २० वर्षीया अस्मि ढुंगाना रहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेकाहरुको साथबाट ब्राउन सुगरलगायत लागुऔषध बरामद गरिएको छ । पक्राउ परेकाहरु विरुद्ध थप अनुसन्धान भइहेको डिएसपी बस्नेतले बताए ।




















प्रतिक्रिया