Logo

मनोरञ्जन

फिल्मका लागी २० किलो वजन घटाए आमिरले, पेनकिलर खाएर सुटिङ गर्दै



बलिउड अभिनेता आमिर खान यतिबेला आफ्नो नयाँ फिल्मलाई लिएर चर्चामा छन् । उनी अहिले हलिउड फिल्म ‘फरेस्ट गम्प’ को हिन्दी रिमेक ‘लाल सिहं चड्ढा’ को सुटिङमा व्यस्त रहेका छन् ।

थोरै तर राम्रो फिल्म बनाउने अभिनेताको रुपमा चिनिएका आमिर यो फिल्मको लागी निकै मेहनत गरेका छन् । यस फिल्ममा रहेको दौडको दृश्यका लागि उनले धेरै मेहनत गरेका छन् । दौडिदा दुखाइ हुने हुनाले उनले दुखाइ कम गर्ने औषधी खाएर सुटिङ गरिरहेका छन् ।

भारतिय मिडियाका अनुसार फिल्ममा धेरै दौडिने दृश्य भएकाले उनले पेनकिलर खाएर काम गरेका छन् । यसै फिल्मको लागी आमिरले लामो दार्ही र २० किलो वजन घटाएका छन् ।

यसअघिका फिल्म फलप भएपछी अभिनेता अमिर खान आउँदो फिल्मलाई उत्कृष्ट बनाउन लागि परेका हुन् । उनले फिल्मलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराखी कडा मेहनतका साथ सुटिङमा लागेका छन् । एजेन्सी

प्रकाशित मिति : २१ पुष २०७६, सोमबार ०९:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।