Logo

प्रमुख समाचार

टेलिकम र सडक विभागबीच पूर्वाधार निर्माण गर्ने विषयमा सहकार्य



नेपाल टेलिकम र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागबीच सडक र दूरसञ्चार पूर्वाधार निर्माणका क्रममा सहकार्य गर्ने समझदारी भएको छ ।

समझदारी पत्रमा सडक विभागका महानिर्देशक केशव कुमार शर्मा र नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले हस्ताक्षर गरेका छन् ।

सडक विभागले द्रुत गतिमा देशभर सडक निर्माण तथा विस्तारको कार्य अगाडि बढाइरहेको र नेपाल टेलिकमले सर्वसाधारण जनताको लागि अत्यावश्यक सञ्चार सेवा अति विकट स्थानसम्म पु¥याइरहको अवस्थामा नेपाल टेलिकम र सडक विभागबीच समन्वय र सहकार्य गर्ने सहमति बनेको हो ।

समझदारी अनुसार सडक विभागबाट सडक निर्माण तथा स्तरोन्नति गर्ने क्रममा नेपाल टेलिकमको अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न आवश्यक डक्ट हरु बिछ्याइने छ ।

यस्ता डक्ट बिछ्याउनका लागि आवश्यक पर्ने रकम सम्बन्धित आयोजनाको विस्तृत योजना र अनुमानित लागत अनुसार गरिने शिल कोटेशन वा बोलपत्र बमोजिम निक्र्र्यौैल भएको दररेट बमोजिम नेपाल टेलिकमले सडक विभागलाई भुक्तानी जनाइएको छ ।

प्रकाशित मिति : २२ पुष २०७६, मंगलवार ०९:२६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।