Logo

मनोरञ्जन

जन्मदिनमा विपासालाई पूर्वप्रेमीको सन्देश



विपासा बासुले ७ जनवरीमा आफ्नो जन्मदिन मनाएकी छिन् । यो खास दिन उनले पति करण सिंह ग्रोवरसँग माद्धीपमा सेलिब्रेट गरेकी छिन् । उनका साथिभाइ र बलिउडका कयौँ स्टारहरुले उनलाई जन्मदिनको खास बधाई दिएका छन् ।

अभिनेता नील नीतिन मुकेश र उनका पति करणले विपासाका लागी विशेष पोस्ट लेखेका छन् । उनका पूर्वप्रेमी डिनो मोरियाकको पोस्टले भने सबैको ध्यान खिचेको छ । डिनोले आफ्नो इन्स्टाग्राम पोस्टमा विपासासँगको पूरानो तस्बिर सेयर गरेका छन् । उक्त फटो उनीहरुको डेटिङको समयको जस्तो लाग्छ ।

डिनो र विपासा १९९० को दशकमा रिलेसनसिपमा थिए । विभिन्न कारणले यो रिलेसनसिप टिक्न सकेन । २००२ मा उनीहरुको ब्रेकअप भयो । यो पुरानो तस्बिरको साथमा डिनोले बर्थडे विस मात्रै गरेनन् क्याप्सन पनि लेखेका छन् । ‘गुड टाइम्स् अलवेज’, उनले लेखेका छन् । तस्बिरमा विपासा र डिनो दुवैले सेतो पहिरन लगाएर कुनै रेस्टुराँमा डिनर गर्दैछन् । अहिले विपासा हाँसीखुसी विवाहित जिन्दगी बिताइरहेकी छन् । सोसल मिडियामा पनि निकै व्यस्त देखिन्छिन् ।

उनले पतिको साथमा पोस्ट गरेका तस्बिरले सोसल मिडिया रंगीन छ । विपासाको करणसँग फिल्म अलोनको सुटिङको समयमा भेट भएको थियो । दुवैले २०१६ मा विवाह गरेका हुन् । अहिले डिनो फिल्म ‘हेल्मेट’ को तयारी गरिरहेका छन् । उनले निर्माण गर्न लागेको फिल्ममा अपारशक्ति खुराना र प्रनुतन बहल छन् । एजेन्सी

प्रकाशित मिति : २३ पुष २०७६, बुधबार ०५:२२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।